हङकङ र सिंगापुरमा बिक्री रोकिएपछि अब अमेरिकामा पनि एभरेष्ट र एमडीएच मसलाको जाँच

डिसी नेपाल
१६ वैशाख २०८१ १६:२१

काठमाडौं । अमेरिकाको खाद्य गुणस्तर परीक्षण एजेन्सी एफडीए (फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन) ले दुई भारतीय कम्पनीको उत्पादनको जाँच गरिरहेको जनाएको छ ।

हङकङले यस महिनाको आफ्नो अनुसन्धानमा दुई भारतीय मसला कम्पनीको मसलामा अत्यधिक मात्रामा इथाइलिन अक्साइड भेटिएको बताएको थियो।

हङकङले एभरेष्ट र एमडीएचका केही मसलाको बिक्रीमा प्रतिबन्ध लगाएको छ । यसपछि सिंगापुरले पनि एभरेष्ट र एमडीएच उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।

एमडीएच र एभरेष्ट मसलाहरू भारतमा सबैभन्दा लोकप्रिय उत्पादनहरू हुन्। यी मसलाहरू युरोप, एसिया र उत्तरी अमेरिकाका बजारहरूमा पनि बिक्री गरिन्छ।

मसलाको गुणस्तरमा विवाद भएपछि एभरेष्टले आफ्ना उत्पादन सुरक्षित रहेको बताएको थियो । अहिलेसम्म एभरेष्टले यस विवादमा कुनै प्रतिक्रिया दिएको छैन ।

यससँगै भारतीय खाद्य सुरक्षा अधिकारीहरूले पनि दुवै कम्पनीको मसलामाथि अनुसन्धान थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *