संविधान दिवसको अवसरमा नेपाललाई विभिन्न राष्ट्र र सरकार प्रमुखको शुभकामना
काठमाडौं। छैटौं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका राष्ट्रप्रमुख सरकार प्रमुखदेखि संयुक्त राष्ट्रसंघका महासचिवसम्मले शुभकामना सन्देश पठाएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार एक वक्तव्य जारी गदै यसबारे जानकारी दिएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार अस्ट्रेलिया, बंगलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, उत्तर कोरिया, दक्षिण कोरिया, लक्जेम्बर्ग, माल्दिभ्स, म्यानमार, नेदरल्याण्ड्स, निकारागुआ, फिलिपिन्स, पोल्याण्ड, कतार, रुस, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलंका, स्विजरल्याण्ड र संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट शुभकामना सन्देश प्राप्त भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment