सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु
झापा। झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालय झापाले दिएको जानकारीअनुसार, पूर्व–पश्चिम राजमार्गअन्तर्गत आज बिहान कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका स्थानीय ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका शिवाकोटीलाई थप उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरीले दुर्घटनामा संलग्न पिकअप गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment