व्यापार व्यावसाय ठप्प भएपछि विस्थापित हुने अवस्थामा व्यावसायी

डिसी नेपाल
४ असोज २०७७ ७:२२

नुवाकोट। सरकारले लकडाउन र निषेधाज्ञा खुकुलो पारेपछि अहिले व्यापार, व्यावशाय सुचारु हुन थालेका छन्। तर व्यापार व्यावसाय सुचारु भएपनि व्यापार नभएको भन्दै व्यावसायीले गुनासो गरेका छन्। लामो समयदेखि ठप्प भएका व्यापार व्यवसाय सुचारु भएपनि व्यापार नभएको व्यापारी बताउँछन्।

नुवाकोटको महादेव फाँटमा कपडा व्यापार गर्ने केशव श्रेष्ठले भने, ‘व्यापार ठप्प छ, बन्द हुँदा त बन्द छ भनेर चित्त बुझाइयो। पसल खोलेपछि व्यापार हुन्छ कि भन्ने आस हुन्छ। दिनभर बस्यो तर व्यापार छैन।’ कोरोनाले पारेको प्रभावको कारण लामो समसम्म व्यापार ठप्प हुँदा सटर भाडा तिर्न कठिन भएको व्यापारीलाई अहिले पनि उस्तै चिन्ताले सताउँछ।

काठमाडौको कलंकीमा कस्मेटिक पसल गर्ने गीता शर्माले गुनासो गरिन्, ‘पसले खोलेपनि व्यापार छैन। चिन्ताको बिषय छ। खान नै पर्यो ५ महिनाको सटर भाडा तिरेको छैन। व्यापार नै छैन कसरी तिर्ने।’

उपत्यका लगाएतका अन्य जिल्लामा बन्दको कारण कतिपय व्यापारी विस्थापित भइसकेका छन्। अन्य व्यापारी पनि विस्थापित हुने अवस्थामा पुगेको उनीहरुको गुनासो छ। काठमाडौंको काँडाघारीमा होडल व्यवसाय गर्ने रवि खड्काले भने’ ‘५ प्लेट मःम जाँदैन, यति धेरै लगानी गरेर होटल खोलियो साह्रै मारमा परेका छौं।’

अरु व्यवसायीले झैं आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उनले भनाइ थियो। व्यापारबाट नै गुजारा चलाउने कतिपय व्यापारीको चुलो बल्न कठिन परेको छ। नुवाकोटको देविघाटमा जुत्ता पसल गर्ने एक व्यापारीले गुनासो गरे, ‘व्यापार छैन। बिहान बेलुका यही व्यापार गरेर गुजारा गर्ने गरेका थियौं, बन्दमा त बन्द भयो खोल्दा पनि ग्राहक आउँदैनन् हामी समस्यामा छौं।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *