५ वर्षपछि पानी भरिएको रानीपोखरी (फोटोफिचर)

कमल साउद
४ असोज २०७७ १२:५६

रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा अहिले ५ वर्षदेखि सुख्खा रहेको रानी पोखरीमा पानी भरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुरोधमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो ।

अहिले रानीपोखरीमा ३ करोड लिटर पानी भरिँदैछ । रानीपोखरीमा भरिएको पानी निर्देशनालयले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ्वायर टयांकीमा भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थियो ।

यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक देखिएको छ। तथापि अझै पुनःनिर्माणको सम्पूर्ण काम भने सकिएको छैन । तिहारसम्ममा पुनःनिर्माणको सम्पूर्ण काम सक्ने योजनामा प्राधिकरण रहेको छ । सुन्दर रानीपोखरीलाई हामीले क्यामेरा उतार्ने प्रयास गरेका छौं ।

हेर्नुहोस् तस्वीरः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *