पौडेलले ‘ग्रिन सिग्नल’ नदिँदा काँग्रेस बैठक अन्यौल, जवाफ कुर्दै देउवा
फाइल तस्वीर
काठमाडौं। आगामी फागुनको ७ देखि १० सम्म काठमाडौंमा गर्ने भनिएको काँग्रेसको १४ औं महाधिवेशन नहुने अवस्था बनेपछि आवश्यक निर्णय लिन केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी गरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘ग्रिन सिग्नल’ नदिँदा बैठक कहिले बस्ने भन्ने अन्यौल भएको छ। कोरोना महामारीका कारण एक पटक संशोधन भइसकेको महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्नुपर्ने अवस्था आएको छ।
सपभाति शेरबादुर देउवाले पार्टी मुख्य सचिब कृष्णप्रसाद पौडेललाई वरिष्ठ नेता पौडेलसँग सल्लाहा गरेर बैठक मिति तोक्न भनेका छन्। तर, वरिष्ठ नेता पौडेलले कुनै जवाफ नदिएको स्रोतले बतायो। देउवा निकट स्रोतका अनुसार सपभाित देउवाको निर्देशन अनुसार मुख्य सचिब कृष्णप्रसाद पौडेलले भदौ १ गते नै वरिष्ठ नेता पौडेलसँग केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा सुझाव मागेका थिए।
तर, आइतबार ४ दिनसम्म पनि पौडेलले सो विषयमा कुनै जवाफ नदिएको स्रोतले बतायो।
आगामी फागुनमा महामाधिवेशन गर्ने गरी बनाइएको कार्यतालिका अनुसार काम हुन नसकेपछि महाधिवेशन सर्ने प्रायः निश्चित भएको छ। नेताहरु महाधिवेशन फागुनमा हुन नसक्नेमा ढुक्क बनिसकेका छन्। तर, मुख भने पूर्व महामन्त्री कृष्णप्रसा सिटौलालेमात्र खोलेका छन्। पार्टी नेताहरुसँगको छलफलमा सिटौलाले फागुनमा महाधिवेशन हुन नसक्ने भन्दै नयाँ मिति तोक्नुपर्ने प्रस्ताव गरिसकेका छन्। तर, सभापति देउवा भने महाधिवेशन मिति सारेको अपजस आफूमाथि आउने भएकाले आफूले पहिला सो विषयमा नबोल्ने रणनीति अपनाएका छन्। देउवा निकट एक नेताले पार्टीको केन्द्रीय कार्यसमितिबाट सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोकिने बताए।
उता पौडेल भने देउवाले महाधिवेशन हुने वातावरण नबनाएको आरोप लगाइरहेका छन्। गत फागुनमै कार्यकाल सकिए पनि देउवाले पार्टीको विधान अनुसार १ वर्ष पदावधि बढाएका थिए। तर बढेको पदावधिमा पनि महाधिवेशन हुन नसक्ने भएपछि संविधानको व्यवस्थाअनुसार पदावधि ६ महिना बढाएर नयाँ मिति तोक्ने देउवाको तयारी छ। तर, यो निर्णय केन्द्रीय कार्यसमितिबाट गर्नुपर्ने भए पनि बैठकको मिति नै अन्यौलमा परेको छ।
सभापति देउवाका गतिविधि प्रति असन्तुष्ट रहेको पौडेल समुहले सभापति देउवाले गठन गरेका विभाग खारेज हुनुपर्ने तथा क्रियाशिल सदस्यता वितरणमा व्यक्तिगत ढंगबाट सदस्यता दिने प्रक्रिया रोक्नुपर्ने भनिरहेको छ।
हाल काँग्रेस महामन्त्री डा. शशांक कोइराला नै कोरोना संक्रमित छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment