फिल्म ‘लक्ष्मीपूजा’ दशैंमा रिलीज हुने
काठमाडौं। सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यही दशैंमा रिलिज हुने भएको छ। फिल्मको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ।
समिर मियाँले निर्देशन गरिरहेको फिल्ममा शोभित बस्नेत निर्माता छन्। फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन्।
निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन्। उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ। फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment