जुम्लाबाट काठमाडौं आउँदै गरेका डा. केसी भेरी अस्पतालको आईसोलेशनमा
काठमाडौं। जुम्लामा असन बसिहरेका डा. गोविन्द केसी सोमबार काठमाडौं आउनेक्रममा स्वास्थ्य अवस्थमा समस्या आएपछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको आइसोलेशनमा राखिएका छन्। केसी जुम्लाबाट आइतबार सुमिट एअरको विमानमार्फत नेपालगञ्ज पुगेका थिए। त्यहाँबाट उनी काठमाडौं आउने कार्यक्रम थियो।
नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन्।
डाक्टर केसीलाई भेरी अस्पतालको आइसोलेसन क्याविन ४ मा राखिएको छ। डाक्टर केसीको देखदेखमा जुम्ला बाटै २ जना डाक्टर पनि नेपालगन्ज आएका छन्।
उनीहरु डाक्टर गोविन्द केसीलाई काठमाडौ पुगाएर मात्र पुनः जुम्ला फर्किनेछन्। यता भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाका अनुसार डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नर्मल रहेको र मंगलबार मात्र काठमाडौ पठाइने छ।
भेरी अस्पतालमा डाक्टर गोविन्द केसीको उपचार तथा रेखदेखमा डाक्टर निर्मल शाक्य, डाक्टर सकेत रिसाल, डाक्टर राजेस मण्डल र नर्श इश्वरी केसी खटिनुभएको भेरीका मेसु डाक्टर थापाले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment