राप्रपाको चुनाव चिन्ह हलो, थापाले भने ‘पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो’

डिसी नेपाल
६ असोज २०७७ ८:५८

राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह हलोमा सहमति गरेको छ। करिव ६ महिनादेखि एकिकरणको प्रकृयामा रहेको राप्रपाले चुनाव चिन्ह गाई बनाउँने की हलो भन्नेमा सल्लाह गर्दै आएको थियो।

पार्टी एकिकरणको प्रकृयामा गएको ६ महिना वितिसक्दा पनि सहमति हुन नसकेपछि निर्वाचन आयोगमा समेत पार्टी दर्ता भएको छैन्।

एकिकरण भएको राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत हलो चुनाव चिन्न हुनेमा सहमति गरेको जानकारी दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘ हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति गाई उपयुक्त चुनावचिन्ह हो।तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथीरशुभचिन्तकहरुमा अपिल गर्दछु। अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं’

पार्टीका तीनजना अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले आइतबार चुनाव चिन्ह हलो बनाउने सम्बन्धमा सहमति गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *