रिया ड्रग्स केसः एनसीबीको फन्दामा परिन् अर्की अभिनेत्री, घरमा भेटियो लागूऔषध
मुम्बइ। सुशान्त सिंह राजपुतको मृत्युपछि यस विषयमा उनकी गर्लफ्रेण्ड रिया चक्रवर्तीसँग गरिएको सोधपुछबाट खुल्न थालेको बलिउडको लागूऔषधको जालो खुल्दै जान थालेको छ । अब बलिउड फिल्म अभिनेत्री हुँदै यो जालो टेलिभिजन अभिनेत्रीसम्म पुगेको छ । पछिल्लो पटक नारकोटिक्स कन्ट्रोल ब्यूरोले टेलिभिजन अभिनेत्री अबिगेल पाण्डेको घरमा खानतलासी लिँदा लागूऔषध गाँजा बरामद गरेको छ ।
अबिगेल आफ्ना ब्वाइफ्रेण्ड सनम जौहरसँग बस्छिन् । उनीहरु बस्ने घरमा गाँजा पाइएको हो । ब्यूरोलाई यी दुईको बारेमा यसअघि पक्राउ परेका ड्रग्स डिलरले बताएका थिए । एनसीबी सूत्रका अनुसार अबिगेल र सनमले घरमा गाँजा पिउने गरेको पाइएको छ र उनीहरुविरुद्ध लागूऔषध सेवनको केस चलाइनेछ । उनीहरुलाई एनसीबी मुम्बइमा बयान दिनको लागि बोलाइएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment