चितवनमा एक पुरुषको मृत्युपछि कोरोना पुष्टि

डिसी नेपाल
८ असोज २०७७ १९:२८

चितवन । जिल्लामा एक जनाको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि आज सङ्क्रमण पुष्टि भएको हो । ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।

यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आज नै चितवन मेडिकल कलेजमा उपचाररत् एक युवकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *