काठमाडौं उपत्यकामा थपिए ६४५ संक्रमित, २ जनाको मृत्यु
फाइल फाेटाे।
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २५४ महिला र ३९१ पुरुष गरी थप ६४५ कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा ५०१ (१८९ महिला, ३१४ पुरुष), भक्तपुरमा ५१ (२० महिला, ३१ पुरुष), ललितपुरमा ९१ (४५ महिला, ४६ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी एक महिला र ललितपुरका एक पुरुष रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment