कर्णाली प्रदेशसभा बैठक दुई महिनादेखि स्थगित

डिसी नेपाल
१० असोज २०७७ ११:२९

सुर्खेत । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन्। चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका कारण वर्षे अधिवेशन प्रभावित हुन पुगेको बताए। “कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधिन छन्,” उनले भने, “वर्षे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ ।”

सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनको भनाइ छ । सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *