चितवनमा शुक्रबार मृत्यु भएका ३० वर्षीय पुरूषमा कोरोना पुष्टि

डिसी नेपाल
१० असोज २०७७ १५:०६

भरतपुर। चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा शनिबार कोरोना पुष्टि भएको हो। मिर्गौलाको दीर्घरोग र श्वासप्रश्वासको समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ। तीमध्ये चितवनका १८, मकवानपुरका सात, नवलपरासीपूर्वका पाँच, कैलालीका दुई, तनहुँ, रौतहट, सर्लाही, गोरखा र बाराका एक÷एक जना रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *