गौरवराज रेग्मीको निधनप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

डिसी नेपाल
११ असोज २०७७ ११:३७

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताएका छन्।

आज शोक वक्तव्य प्रकाशित गर्दै उनले भने, “हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।”

म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष थिए। उनको आज निधन भएको हो ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *