६५ हजार घुस लिएको आरोपमा चार प्रहरी निलम्वित

डिसी नेपाल
१२ असोज २०७७ ९:१०

काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापाले मल तस्करसँग घुस लिएको आरोपमा चार प्रहरी निलम्बनमा गरेको। झापाको इलाका प्रहरी कार्यालय दमकमा कार्यरत असईसहितका प्रहरीलाई छानवीनका लागि निलम्बन गरेको हो।

निलम्बनमा पर्नेहरुमा सहायक प्रहरी निरीक्षक (असई) भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र जवान मनकुमार रुवाल रहेका छन्।

जिल्ला प्रहरी उनीहरुले तस्करीको मल बोकेको ट्याक्टर ताराबारी ढाटमा पक्राउ गरेका थिए। मलको बिल नभएकोले तस्करीको भएको पुष्टि भएको थियो।

तर, माथिल्लो निकायलाई जानकारी नै नदिई ढाटमा कार्यरत प्रहरीले ट्याक्टर छाडिदिएका थिए। ६५ हजार घुस लिएर छाडेको खुलेपछि निलम्बन गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *