कोरोनाले एक महिलाको मृत्यु

डिसी नेपाल
१२ असोज २०७७ १७:४६
4
Shares

धरान । धरान उपमहानगरपालिका–२ की एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई आइतबार राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा राति नै उनको स्वाब परीक्षण गरिएको थियो । मृत्यु भइसकेपछि उनको कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई कुनै पुरानो रोग नभए पनि रगत परीक्षण गर्दा अत्याधिक सुगरको मात्रा देखिएको प्रवक्ता सापकोटाले जानकारी दिए। योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *