कात्तिक ७ गतेदेखि क्लिनफिड लागू हुन्छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
१४ असोज २०७७ २०:२६

काठमाडौं। आगामी कात्तिक ७ गतेदेखि टेलिभिजन प्रशारणमा क्लिनफिड लागु हुने बताएका छन्। उनले मिडियो एलाइन्सका पदाधिकारीसँगको भेटमा कानूनबमोजिम विज्ञापनरहित प्रशारण सेवा (क्लिनफिड) लागू हुने स्पष्ट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले नेतृत्व गरेको पदाधिकारी र सदस्यहरूको टिमलाई बुधबार साँझ बालुवाटारमा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओली उक्त जानकारी गराएका हुन्।

उनले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न आव्हान गरेका छन्।

पत्रकारहरूको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत प्रत्याभूति गर्ने र अन्य क्षेत्रहरूमा संभव सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताए।

हालै मिडिया उद्योगीहरुको संस्था विभाजन भएको थियो। कर्णिकारको नेतृत्वमा मिडिया एलाइन्स नामको मिडिया उद्योगीहरुको संस्थापना स्थापना गरिएको छ। मिडिया सोसाइटीबाट विभाजन भएर उद्योगीहरुले नयाँ संस्था बनाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *