मन्त्रिपरिषद बैठक : मुख्य सचिवका विषयमा निर्णय हुन सक्ने

डिसी नेपाल
१५ असोज २०७७ ९:५५

काठमाडौं। मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ। अहिले दश बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा भावी मुख्य सचिव कसलाई बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ।

मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ गते सकिँदैछ। मुख्य सचिव रेग्मीको कार्यकाल पूरा हुन लाग्दा कर्मचारी प्रशासनको सर्वोच्च पदमा पुग्न बहालवाला सचिवले लविङ सुरु गरेका छन्।

विशेष गरी परराष्ट्रसचिव शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन लविङ सुरु भएको छ। सचिव बैरागीको कार्यलकाल असोज २२ गते पूरा हुँदैछ। त्यो अगावै वर्तमान मुख्य सचिव रेग्मीलाई राजीनामा गर्न लगाएर बैरागीलाई मुख्य सचिव बनाउने तयारी भएको स्रोतले दाबी गरेको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सचिव बैरागीलाई मुख्य सचिव बनाउन लविङ गरिरहेको स्रोतको दाबी छ। वर्तमान मुख्य सचिव रेग्मीलाई असोज २२ अगावै राजीनामा गर्न लगाएर अमेरिकाको राजदूत बनाउने र बैरागीलाई मुख्य सचिव बनाउने तयारी भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *