परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गर्ने तयारी!
काठमाडौं। शंकरदास वैरागी मुख्य सचिव नियुक्त भएसँगै रिक्त भएको परराष्ट्र सचिवमा सहसचिव हालका परराष्ट्र प्रवक्ता भरतराज पौड्याललाई सचिवमा बढुवा गरेर पदस्थापना गर्ने तयारी भएको छ।
स्रोतका अनुसार परराष्ट्र सेवाका वरिष्ठ सहसचिव पौड्याललाई आगामी मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्ने गरी काम भइरहेको छ।
बढुवा समितिले सचिव बढुवाका लागि मन्त्रिपरिषद्मा नाम सिफारिस गर्नुपर्ने व्यवस्थाअुसार उनको नाम सिफारिस गर्ने तयारी भएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment