जेष्ठ नागरिक दिवसमा सिरहाका ११५ वर्षीय वृद्ध सम्मानित

डिसी नेपाल
१६ असोज २०७७ १०:२०
32
Shares

सिराह । मुक्ति नेपाल सिरहाले ११५ वर्षीय ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको छ। अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार सिरहा आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह र ७० वर्षीय लक्ष्मण दासलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले पौष्टिक आहारसहित दुवै जनालाई दोसल्ला ओढाएर सम्मान गरे। उनले दिवसमा मात्र नभई हरेक व्यक्तिले आ–आफ्ना घरका ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए। संस्थाकी अध्यक्ष देवकुमारी महराको अध्यक्षमा भएको कार्यक्रममा कार्यक्रम निर्देशक श्यामकुमारी साह, नेपाली काँग्रेसका जीवछ गुप्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष वीरेन्द्र सिंहलगायतको सहभागिता थियो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *