युद्धको छैटौं दिन अजरबैजानसँग वार्ता गर्न अर्मेनिया तयार

डिसी नेपाल
१६ असोज २०७७ १८:२६
2.0k
Shares

एरेभन (अर्मेनिया)। अजरबैजान र अर्मेनियाबीच सिधा युद्ध भएको शुक्रबार छैटौं दिन अर्मेनियाले वार्ता गर्न तयार रहेको जनाएको छ। नागोर्नो कारबाखको विषयलाई लिएर अजरबैजान र अर्मेनियाँबीच युद्ध भएको हो।

अजरवैजानको वायु सेनाको आक्रमणमा परी दर्जनौं मानिसहरुको मृत्यु र सयौं घाइते भएपछि अर्मेनियाले वार्ता र युद्ध विरामको प्रस्ताव गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। अर्मेनियाको विदेश मन्त्रालयले शुक्रबार एक स्टेटमेन्ट जारी गर्दै मिनस्क गु्रप को मध्यस्थतामा वार्ता गर्न तयार रहेको जनाइएको छ। सो ग्रुपमा अमेरिका, रुस र फ्रान्स छन्। यो समूह १९९४ मा बनेको थियो। जसले अर्मेनियाबारे शान्ति सम्झौता गराएको थियो।

कारबाखको विषयलाई लिएर अर्मेनियाली धार्मिक समूह र अजरवैजानबीच दशकौंदेखि विवाद रहे पनि पहिलो पटक युद्ध भएको बताइन्छ। यी दुई मुलुक युद्धमा होमिएपछि अमेरिका, फ्रान्स र रुसले शान्तिका लागि आव्हान गरेका थिए। रुसले मध्यस्थता गर्ने प्रस्ताव गरेको थियो।

अजरवैजानलाई टर्किको समर्थन रहेको टर्किस राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले घोषणा गरेका थिए। टर्किस एफ १६ लडाकु विमानले अर्मेनियामा आक्रमण गरेकोसमेत बताइएको थियो। यो युद्धमा मुख्यतया मानवरहित विमान ड्रोनके व्यापक प्रयोग भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *