कोरोना संक्रमित ट्रम्पलाई प्रधानमन्त्री ओलीद्वारा शीघ्र स्वास्थ्य लाभको कामना
फाइल फाेटाे।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लागभको कामना गरेका छन्। शुक्रबार ट्रम्प र उनकी पत्नि अमेरिकी फस्ट लेडी मेलिनिया ट्रम्प संक्रमित भएको पुष्टि भएको थियो।
ट्रम्पले ट्वीटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए। ट्रम्पको ट्वीटमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गरेका हुन्।

यसैबीच अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनको कोरोना परीक्षण रिपोर्ट नेगिटिभ आएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बाइडेनको रिपोर्ट नेगिटिभ आएको जनाएका छन्।
्गएको मंगलबार ट्रम्प र बाइडेनबीच राष्ट्रपतीय निर्वाचनलाई लिएर बहस कार्यक्रम भएको थियो। दुबैजना बिना मास्क सो बहसमा सहभागी भएका थिए। यद्यपी उनीहरु दुईजनाबीच निश्चित दूरी कायम गरिएको थियो।







डिसी नेपाल







Facebook Comment