नेकपा सचिवालय बैठक बस्दै : सरकारी नियुक्तीका विषयमा छलफल हुने

डिसी नेपाल
१७ असोज २०७७ ६:५६

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक शनिबार (आज) बस्दैछ। शुक्रबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच सचिवालय बैठक बोलाउने सहमति भएको थियो।

बैठक आज अपरान्ह चार बजे बालुवाटारमा बस्दैछ।
स्थायी कमिटी र सविचालय म्यान्डेट विपरित प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्तीहरुमा एकलौटी गरेपछि कार्यकारी अध्यक्ष दाहाल असन्तुष्ट बनेका छन्।

उता माधव नेपाल समूह दुई अध्यक्ष मिलेर आफूलाई एक्ल्याउने प्रयास गरेको भन्दै अध्यक्षद्वयप्रति सशंकित बनेका छन्। नेता नेपालले दुई अध्यक्षले आफूहरु नै पार्टी भन्ने मानसिकता नत्यागेसम्म पार्टीभित्रको विवाद समाधान नहुने आफू निकट नेतासँग बताउने गरेका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवमा शंकरदास बैरागी र अन्य विभिन्न मुलुकमा राजदूत नियुक्ती गर्दा पार्टीभित्र छलफल नगरेको भन्दै नेता नेपाल समूह असन्तुष्ट बनेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *