प्रदेश नम्बर ५ को राजधानीको विषयमा प्रदेशसभामा कुर्सी तोडफोड
काठमाडौं। प्रदेश नम्बर ५ को स्थायी राजधानी सम्बन्धि प्रस्तावमा छलफल हुँदा प्रदेश नम्बर ५ को प्रदेश सभामा तनाव भएको छ। प्रदेश सभा बैठकमा प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्तावमाथि छलफल भएपछि काँग्रेसका विधायकहरुले कुर्सी तोडफोड गरेका छन्।
प्रदेश सभामा तनाव भइरहे पनि सभाुमखले छलफल जारी राखेका छन्। सांसदहरुले होहल्ला, नारावाजी गरिरहेका छन्। तर पनि छलफल चलिरहेको छ।
बुटल अस्थायी राजधानी रहेकोमा सरकारले दाङमा राजधानी बनाउने प्रस्ताव गरेपछि काँग्रेस रुपन्देही, नेकपाका केही विधायकलगायतले विरोध गरिरहेका छन्।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment