ला लीगा : बार्सिलोनाले सेविलालाई बराबरीमा रोक्यो

डिसी नेपाल
२० असोज २०७७ १२:०८
88
Shares

काठमाडौं । फिलिप कौटिन्होको गोलमा स्पेनी क्लब एफसी बार्सिलोनाले सेभिलालाई २०२०–२०१२ सिजनको ला लिगाको खेलमा १–१ को बराबरीमा रोकेको छ । बीबीसीको रिपोर्ट अनुसार बार्सिलोना टोलीले आफ्नो घरेलु मैदान क्याम्प नाउ स्टेडियममा अहिले सम्म खेलेको ३३ खेल मध्ये एकमा मात्र पराजय व्योहोरेको छ ।

आइतवार भएको खेलमा सेभिल्लाको टोलीले खेलको आठौं मिनेटमा ही डी जोङको गोलसँगै १–० ले अग्रता लिएको थियो। यद्यपि उनको अग्रता लामो समयसम्म टिक्न सकेन र १० औं मिनेटमा बार्सिलोनाले गोल गर्दे खेल १–१ ले बराबरी गर्यो। बार्सिलोनाका लागि यो गोल गोल कौटिन्होले गरे। उनको जारी सिजनको यो पहिलो गोल हो।

खेलको मध्यान्तर समयसम्म दुबै टोली १–१ ले बराबरी भयो। तर दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेन र खेल १–१ को बराबरीमा टुङियो । दुबै टोलीले खेलमा अंक बाडेपछि टोलीलाई अंक तालिका फाईदा पुगेको छ । बार्सिलोनाको टोली तीन खेलमा ७ अंकको साथ पाँचौं स्थानमा पुगेको छ भने समान अंकका साथ सेविला छैठौंमा स्थानमा पुगेको छ ।

यस खेलबाट अमेरिकाको सर्जिनो डेस्टले बार्सिलोनाको लागि डेब्यू गरे, तर उनले खेलमा धेरै प्रभाव छोड्न सकेनन। उनी एजेक्स क्लबबाट बार्सिलोनामा जोडिएका हुन । १९ बर्षीय यी युवा फुटबलर अमेरिकाबाट बार्सिलोनाको सिनियर टोलीमा खेल्ने पहिलो खेलाडी हुन्।

 

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *