पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित

डिसी नेपाल
२० असोज २०७७ १५:५७
216
Shares

काठमाडौं। प्रदेश नम्बर पाँचको राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ।

मंगलबार बसेको पाँच नम्बर प्रदेशसभा बैठकले प्रदेश पाँचको राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो।

८७ सदस्यीय प्रदेशसभामा ८२ मत खसेको थियो। दाङको भालुवाङमा राजधानी राख्ने प्रस्तावको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *