राजस्थानमाथि मुम्बईको विशाल जित
काठमाडौं। यूएईमा जारी आईपीएलको मंगलबार भएको खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्समाथि विशाल जित हात पारेको छ। अबुधाबीको शेख जायद मैदानमा भएको खेलममा मुम्बईले टस जितेर पहिला ब्याटिंग गर्दै ४ विकेटमा १९३ रनको बलियो स्कोर खडा गरेको थियो।
जवाफी ब्याटिंग गरेको राजस्थान १८ ओभर १ बलमा १३६ रन बनाउँदा अलााउट भयो। मुम्बईले राजस्थानमाथि ५७ रनको फराकिलो जित हात पार्दै अंक तालिकामा रन रेट सुधारसहित महत्वपूर्ण २ अंक हात पारेको हो।
पहिला ब्याटिंग गरेको मुम्बईका लागि सूर्यकुमार यादवले विस्फोटक ब्याटिंग गर्दै ४७ बलमा नटआउट ७९ रन बनाए। यस्तै कप्तान रोहित शर्माले ३५ रन बनाए।
राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए।
जवाफी ब्याटिंग गरेको राजस्थानका लागि जोश बटरले साहासीपूर्ण ७० रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा राजस्थान ठूलो पराजय भोग्न बाध्य भयो। मुम्बईका लागि जसप्रित बुमराहले ४ विकेट लिएर राजस्थानको ब्याटिंग लाइन ध्वस्त बनाए। खेलपछि मुम्बई इण्डियन्स ६ खेलमा ४ जित र २ हारका साथ ८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान ८ अंक भएको दिल्ली क्यापिटल्स भने रन रेटका कारण दोस्रो स्थानमा झरेको छ।
उता राजस्थान ५ खेलमा ३ हार व्यहोरेपछि अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा झरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment