डेब्यु अघि अमेरिकी खेलाडी आईपीएलबाट बाहिर

डिसी नेपाल
२१ असोज २०७७ ११:१५
1.4k
Shares

काठमाडौं । डेब्यु गर्न नपाउदै एक अमेरिकी खेलाडी आईपीएलबाट बाहिर भएका छन । भुवनेश्वर कुमार र अमित मिश्रा पछि कोलकाता नाइट राइडर्सका तिव्र गतिका बलर अली खान आईपीएल १३ बाट बाहिरिएका हुन । अली खान आईपीएलमा सहभागिता जनाउने अमेरिकाको पहिलो खेलाडी हुन । तर उनले अहिले सम्म आईपीएलमा डेब्यु गर्ने मौका पाएका छैनन ।

अली खानले रिप्लेस्मेन्टको रूपमा मात्र आईपीएलमा इतिहास बनाउने अवसर पाए। अलीलाई केकेआरले आफ्ना घाईते खेलाडी ह्यारीको ठाउमा रिप्लेस्मेन्ट गरेको थियो । तर अली डेब्यू गर्नु अघि चोटका कारण आईपीएल १३ बाट बाहिरिएका छन्।

केकेआरले जारी गरेको विज्ञप्तिमा अली खान आईपीएलमा सहभागिता जनाउने अमेरिकाको पहिलो खेलाडी बनेको तर डेब्यू गर्नु अघि चोटका कारण आईपीएल १३ बाट बाहिरिएको जनाएको छ । साथै अली अभ्यासको क्रममा घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेर अलीले सबैको ध्यान आफुतर्फ पार्न सफल भएका थिए । अली यस बर्षको सीपीएल विजेता टोली ट्रिवागो नाइट राइडर्सका सदस्य थिए । अलीले सीपीएलको आठ खेलमा ७ं.४३ को इकोनोमीमा ८ विकेट लिएका छन ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *