ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल नेपालको बीओपी स्थापना

डिसी नेपाल
२१ असोज २०७७ १८:३३
200
Shares

ताप्लेजुङ्ग। ताप्लेजुङ्ग जिल्लाको फक्तालुङ्ग गाउँपालिका ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ।

संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु त्यसठाउँमा गई असोज २१ गते उक्त बिओपीको स्थापना गरेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ्ग मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरिपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ ।

सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यसठाउँमा पुगेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.