कम्बोडीयन प्रिमियर लिगको ड्राफ्टमा दुई नेपाली क्रिकेट खेलाडीको नाम
काठमाडौं । कम्बोडियाको क्रिकेट एसोसियनले पहिलो कम्बोडीयन प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा स्थानीयसँगै एसोसिएट राष्ट्रहरुको खेलाडीहरुले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विदेशी खेलाडीको ड्राफ्टमा विभिन्न देशका १६४ खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।
विदेशी खेलाडीको सुचीमा नेपाल, भारत, केन्या, युएई, फिलिपिन्स, ओमान, म्यानमार, दक्षिण अफ्रिका, जिम्बाबे, श्रीलंका, पाकिस्तान लगायत अन्य देशका खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । ड्राफ्टमा नेपालका तर्फबाट रुपन्देहीका विशाल भुषाल र अर्जुन पौडेलको नाम सार्वजनिक गरिएको छ । रुपन्देहीका स्थानीय खेलाडी विशाल रुपन्देही सुपर लिगमा खेल्ने खेलाडी हुन ।
विदेशी खेलाडीहरुको अन्तिम नामाबली अब केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सेप्टेम्बर १५ बाट सुरु हुने भएतापनि कोभिड–१९ को कारण आउदो जनवरीमा सुरु हुने आयोजकले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment