पञ्जावको खराब ब्याटिंग, हैदरावादको शानदार जित

डिसी नेपाल
२२ असोज २०७७ २३:४०
180
Shares

काठमाडौं। यूएईमा जारी आईपीएलको २२ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स एलेभन पञ्जावलाई ६९ रनले पराजित गरेको छ। २०२ रनको लक्ष्य पाएको पञ्जावले १६ ओभर ५ बलमा अलआउट हुँदै १३२ रनमात्र बनायो।

पहिला ब्याटिंग गरेको हैदरावादका लागि ओपनर जोनी बेयरस्टो र डबिड वार्नरले धमाकेदार ब्याटिंग गरेका थिए। दुबैले पहिलो विकेटका लागि १६० रन बनाएका थिए। वार्नरले ५५ रन बनाए भने बेयरस्टोले ९७ रन बनाए।

जवाफी ब्याटिंग गरेको पञ्जावका लागि निकालोस पुरनले विस्फोटक ब्याटिंग गर्दै टिमलाई लयमा राख्ने प्रयास गरे पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा जित दिलाउन सकेनन्। उनले ३७ बलमा ७७ रन बनाएका थिए।

जितपछि हैदरवाद अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पञ्जाव पुछारमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.