दिल्लीको सहज जित
काठमाडौं । आईपीएलमा दिल्लीले राजस्थानविरुद्ध सहज जित हासिल गरेको छ। शुक्रबार शारजाहमा भएको खेलमा दिल्लीले ४६ रनको जित निकालेको छ।
दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ अोभरमा सबै विकेट गुमाएर मात्र १३८ रन बनायो। राजस्थानका लागि रहुल तेवातियाले ३८ तथा यशस्वी जयसवालले ३४ रन बनाए। दिल्लीका कागिसो रबाडाले ३ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो। दिल्लीका शिमरन हेटमायरले ४५ तथा मार्कस स्टोइनिसले ३९ रन बनाए। राजस्थानका लागि जोफ्रा आर्चरले तीन विकेट लिए।
जितसँगै दिल्ली ६ खेलमा ५ जिसहित १० अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment