राखेपमा ११ जना बोर्ड सदस्य नियुक्त

डिसी नेपाल
२४ असोज २०७७ १३:३७
88
Shares

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ११ जना बोर्ड सदस्यलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद् बैठकले परिषद्का रिक्त ९ जना बोर्ड सदस्य नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्त बोर्ड सदस्यहरुमा प्रदेश एकका फुटबलर हरी खड्का खस आर्यबाट, प्रदेश दुई बाट मानदेव हजारा मधेशी दलित, प्रदेश ३ का पुरेन्द्र लाखे जनजातिबाट, गण्डकी प्रदेशबाट राजेश गुरुङ जनजातिबाट, प्रदेश २ का मोहमद सागिर शेख मुस्लिम समुदायबाट, कर्णाली प्रदेशबाट नन्दा बस्याल महिलाबाट, सुदुरपश्चिमबाट एकेन्द्र कुँवर पिछडिएको क्षेत्रबाट, प्रदेश एककै चन्द्र बदना राई महिलाबाट, प्रदेश ५ की सुमित्रा चौधरी थारु महिला कोटाबाट मनोनित भएका हुन् ।

परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका छन् राजनीतिक सहमती नबन्दा बोर्ड सदस्य नियुक्तिमा ढिलाई हुदै आएको थियो । राजनीतिक सहमतीका आधारमा सरकारले सदस्य नियुक्त गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.