गाउँपालिकाले किनेको गाडी फिर्ता गराउन नेकपाको निर्देशन

डिसी नेपाल
२५ असोज २०७७ १९:४०
32
Shares

झापा । बुद्धशान्ति गाउँपालिकाले कोरोना कहरका बेला रु ७० लाख खर्च गरेर हालै खरिद गरेको स्कार्पियो गाडी फिर्ता गराउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय कमिटीले आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

नेकपा बुद्धशान्ति गाउँपालिका स्थानीय तह परिचालन विभागको आज सम्पन्न बैठकले महँगो सवारी साधन आवश्यक नभएको ठहर गर्दै गाडी फिर्ता गराउन निर्देशन दिएको पार्टीका गाउँपालिका इञ्चार्ज रोशन तिम्सिनाले बताए ।

पार्टीको गाउँ परिषद् र कार्यपालिकाको निर्णयविपरित महँगो गाडी खरिद गरी ल्याइएको हुँदा उक्त गाडी फिर्ता गराउन निर्देशन दिइसकेपछि पार्टी मातहतका जनप्रतिनिधिले गाडी फिर्ताको पहल गर्ने उहाँको भनाइ छ । बैठकमा पार्टीका गाउँपालिका अध्यक्ष टिका पाठक, सचिव प्रेम नेम्वाङ, गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेल, पार्टीबाट निर्वाचित वडाध्यक्षलगायतको उपस्थिति थियो ।

नेकपाको स्थानीय कमिटीले गरेको निर्णय स्वागतयोग्य भएको स्थानीयवासी कृष्ण कोइरालाले प्रतिक्रिया दिए । “कोरोनाले आर्थिक सङ्कट बढिरहेका बेला महँगो गाडी किन्नु ठिक हुँदैन”, उनले भने, “नेकपाले गाडी फिर्ताको सही निर्णय गरेको छ, अब यो निर्देशनको पालना हुनुपर्दछ ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *