फेरि आमा बन्न चाहन्छिन् माही, पति जय तयार नभएपनि सम्झाउन फ्यानलाई आग्रह
मुम्बई। बलिउडकी टिभी अभिनेत्री माही विजले फेरि आमा बन्न इच्छा देखाएकी छन्। तर उनका श्रीमान जय भानुशाली त्यसका लागि तयार नभएको उनको भनाइ छ।
माहीले आफ्नो इन्स्टाग्राम स्टोरीजमा फ्यानसँग आफ्ना श्रीमानलाई अर्को बच्चा जन्माउने विषयमा सम्झाइ दिन आग्रह गरेकी छन्। उनले यस्तो आग्रह यस कारण पनि गरेकी हुन् कि उनी लकडाउनका कारण बोर भइसकेकी छन्। माही र जयका एक वर्षकी छोरी तारा छिन्।
माहीले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘साथीहरु कृपया जयको अकाउन्टमा जानु र कमेन्ट सेक्सनमा लेख्नु कि मलाइ एउटा बच्चा चाहिएको छ। जयले बच्चा पाउन अस्वकार गर्दै आएका छन्। लकडाउनका कारण म निकै बोर भइसकेकी छु। मेरी छोरी तारा ठूली भइसकेकी छन्।’
जय र माहीबाट गत अगस्तमा छोरी ताराको जन्म भएको थियो। त्यस बाहेक उनीहरुले खुशी र राजवीर नामका दुई बच्चाको पनि रेखदेख गरिरहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment