अफगान क्रिकेटर राशिद खानकी श्रीमती अनुष्का शर्मा !

डिसी नेपाल
२६ असोज २०७७ ११:५६

काठमाडौं। क्रिकेट र बलिउडमध्ये कुनै एक क्षेत्रमा थोरै मात्र चासो भएकाहरुलाई थाहा भएको कुरा हो भारतीय क्रिकेट कप्तान विराट कोहलीकी श्रमिती बलिउड अभिनेत्री अनुष्का शर्मा हुन् । तर, के तपाइँलाई थाहा छ ? विश्वकै सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलमा राशिद खानकी श्रीमतीबारे सर्च गर्ने हो भने अनुष्का शर्माको नाम देखाउँछ । सुन्दा अनौठो लाग्न सक्छ तर यो सत्य हो । यो कसरी भयो ? धेरैलाई चासो लाग्छ सक्छ । यसको पछाडि कारण छ ।

खासमा सन् २०१८ मा आफ्ना फ्यान र फलोअरहरुसँग इन्स्टाग्राममा एक अन्तरवार्ताको क्रममा राशिद खानलाई उनकी मन पर्ने अभिननेत्रीको बारेमा सोधिएको थियो । यसको जवाफमा राशिदले अनुष्का शर्मा र प्रिती जिन्टाको नाम लिएका थिए । त्यसपछि राशिद खानको मन पर्ने अभिनेत्री अनुष्का शर्मा भएको कुरा धेरै अनलाइन समाचार पोर्टलहरुमा आयो । यो समाचार यति धेरै अनलाइनहरुले लेखेका थिए कि त्यो बेला राशिद गुगल ट्रेण्डमा थिए ।

राशिद र अनुष्काबीचको कनेक्सन यही हो । यो समयमा राशिदको नामसँग अनुष्काको नाम जोडिएर ठूलो संख्यामा समाचार आएपछि यही ट्रेण्डको आधारमा गुगलले अनुष्कालाई राशिदको श्रीमतीको रुपमा देखाउन थालेको हो । गुगल सर्च आर्टिफिसियल इन्टेलिजेन्सको आधारमा चल्छ र यसले अनलाइनहरुबाटै प्राप्त सूचनाका आधारमा नतिजा देखाउँछ । यही कारण गुगलको कम्प्युटरमा आधारित प्रणालीले यस्तो देखाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *