नेप्सेमा झिनो सुधार

रासस
२९ असोज २०७७ १८:०५
12
Shares

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर एक हजार ५६२.४६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.३३ ले उकालो लागेर ३१०.०८ मा पुगेको छ । कूल १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता शेयर रु एक अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लाग्दा सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२, निर्जीबन बीमा २४.४२, उत्पादन २९.५५, लघुवित्त १.६, जीवन बीमा १६.८ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ४० लाख ८४ हजार २२३ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु छ करोड ८४ लाख ९१ हजार ५९७, अरुण भ्याली हाइड्रोपावर रु पाँच करोड ५५ लाख ४० हजार १९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ४८ लाख ५७ हजार ३१२, मन्जुश्री फाइनान्स रु तीन करोड ७७ लाख ४३ हजार ७३९ र अरुण बोली पावर रु तीन करोड ५१ लाख ९९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.८७, जनरल इन्स्योरेन्स ९.८५, माउण्टेन हाइड्रो ७.३३, रैराङ हाइड्रोपावर ४.७४, खानीखोला हाइड्रोपावर ३.६० र सानिमा माई हाइड्रेपावरका लगानीकर्ताले ३.१३ प्रतिशतले कमाए । त्यस्तै, गुरास लघुवित्त वित्तीय संस्था ५.२१, खाँखु खोला जलविद्युत् कम्पनी ५.०८, नेपाल हाइड्रो ४.५५ र यूनिलिभर नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *