उत्तर प्रदेशको आकाशमा उड्न थाल्यो ‘आइरन म्यान’, एलियन आयो भन्दै स्थानीय त्रसित

डिसी नेपाल
२ कार्तिक २०७७ १२:३९

काठमाडौं। भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडामा शनिबार स्थानीयहरुमा आतंक मच्चियो । दिउँसो त्यहाँको आकाशमा ‘आइरन म्यान’ उड्न थाल्यो । आकाशमा उडिरहेको यो अनौठो चीज देखेर स्थानीय डराए । उनीहरुले यो उडिरहेको विचित्र वस्तुलाई एलियन (अर्कै ग्रहबाट आएको प्राणी) सम्झेका थिए । पछि यो वस्तु अरु केही नभइ आइरन म्यानको आकार र स्वरुपको बेलुन भएको खुलासा भएको छ ।

अधिकारीहरुका अनुसार शनिबार बिहान स्थानीयले दनकौर क्षेत्रको आकाशमा यो विचित्र वस्तु देखेका थिए । यो वस्तु पछि भट्टा पसरौल गाउँ नजिकै नहरमा खस्यो । यो वस्तु खसेपछि त्यहाँ आसपास मानिसहरु जम्मा भए । केहीलाई लाग्यो कि यो कुनै एलियन हो । दनकौरका थाना प्रभारी अनिल कुमार पाण्डेले प्रेस ट्रस्ट अफ इण्डियालाई बताएअनुसार यो हावा भरिएको बेलुन थियो जो पछि नहरनजिकै झाडिमा अल्झिएको थियो ।

उनले भने ‘बेलुनको एउटा भागले नहरको पानीलाई थोरै थोरै छोइरहेको थियो र पानीको बहावका कारण यो बेलुन हल्लिइरहेको थियो । यही कारण स्थानीयले यो वस्तु अनौठो मानेका थिए । पाण्डेका अनुसार बेलुनमा केही पनि हानीकारक थिएन । यो बेलुन कसले उडाएको थियो भन्ने कुरा भने थाहा हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *