‘दशैं तिहार आयो’ गीत सार्वजनिक

डिसी नेपाल
३ कार्तिक २०७७ १३:५६
100
Shares

काठमाडौं। गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ। यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘दशैं तिहार आयो’ सार्वजनिक भएको छ। गीतमा डीपी खनालको शब्द तथा शिव विकको संगीत छ । गीतमा सन्जीब बराइलीको एरेन्ज छ।

शिव विककै निर्देशन रहेको भिडियोमा एलिना र अस्मितासँगै नीर शाह, सुभेक्षा थापा, समिर खान, शिव विक, जोन बी बाम, कविता गौतम, वर्षा श्री कोइराला, उषिका विक, कशिष रेग्मी, सीमीए सुनुवार फिचर्ड छन्।

भिडियोमा सौरभ लामाको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग तथा शिवकै कोरियोग्राफी छ। भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *