नुवाकोटमा थपिए ५५ जना संक्रमित

डिसी नेपाल
३ कार्तिक २०७७ २१:५७
72
Shares

नुवाकोट। नुवाकोटमा सोमबार ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका नुवकोटका अनुसार सोमबार एकैदिन नुवाकोटका ५५ जनामा कोरोना संक्रमण देखिएको हो।

जसमध्ये बिदुर नगरपालिकाका ५३ जना रहेका छन्। जसमध्ये ७ महिला र ४६ पुरुष रहेका छन्। ५३ जनामध्ये २ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने बाँकी होम आइसोलेसनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ। त्यस्तै १ जना शिबपुरी गाउँपालिकाकि महिला र १ जना किस्पाङका पुरुषमा कोरोना संक्रमण देखिएको छ।

२ जना नै होम आइसोलेसनमा रहेका छन्। यससँगै नुवाकोटमा कोरोना संक्रमण हुनेको संख्या ३०८ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *