सिरहामा प्रहरीमाथि गोली प्रहार, प्रहरी हवल्दार नारद परियार घाइते

डिसी नेपाल
१४ साउन २०८३ २१:४८

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली लागेर घाइते भएका छन्।

प्रारम्भिक जानकारीअनुसार उनको दाहिने तिघ्रामा गोली लागेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीमाथि गोली कसले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *