दाइ हुन त सनी जस्तो !
काठमाडौं। बलिउड अभिनेता सनी देओल १९ अक्टोबरमा ६४ वर्षका भए। उनी राम्रो अभिनेताका साथै पारिवारिक मानिस पनि हुन्। उनी आफ्ना नजिकका मानिसलाई निकै हेरविचार गर्दछन्।
उनको जन्म दिनको अवसरमा उनका भाइ बबी देओलले सनीसँग सम्बन्धित कयौं विषयको खुलासा गरेका छन्। साथै उनले सामाजिक संजालमार्फत जन्म दिनको शुभकामना पनि दिएका छन्।
द टेलिग्राफलाई दिएका अन्तर्वार्तामा बबीले आफ्नो डेब्यू फिल्म ‘बरसात’ मा सनीले दिनरात नभनी काम गरेको बताएका छन्। बबीले भने, ‘दाजुले फिल्मको पूरै जिम्मेवारी आफ्नो काँधमा लिनु भएको थियो। उहाँले आफ्नो भाइको फिल्म लन्चिङको समयमा उहाँलाई बुवाले जे गर्नु भएको थियो। उहाँले मेरो लागि पनि त्यही गर्नु भयो।’
बबीका अनुसार उनको डेब्यू फिल्मलाई हिट बनाउनका लागि सनीले कुनै कसर बाँकी राख्न चाहँदैन थिए। फिल्मको शुटिङ मैसुर, मनाली, बैंगलोर र मुम्बईको सुन्दर लोकेशनमा भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment