गायिका निरुशा भट्टराईको दसैं उपहार गीत छलक छलक छल्क्यो माया (भिडियाे)
लण्डन। एक दशकदेखि लण्डनमा बस्दै आएकी गायिका निरुशा भट्टराईको आफ्नो पहिलो गीत “छलक छलक छल्क्यो माया” नामक बोल रहेको गीत बुधबार सार्वजनिक गरेकी छन्।
गायिकाका रुपमा भर्खरै बजार देखिए पनि उनको संगीतप्रतिको जगाब भने लामो समयको छ। भजन र अन्य गीतमासमेत पोख्त भट्टराईले रेकर्ड गरेका गीत बाहिर ल्याउन समय अनुकुल नभए पनि नियमित रियाज र गीत प्रति नै समर्पित थिइन।
यो गीत केवल गीत मात्र नभएर समाजले प्रेमप्रति देखाउने रुपको पनि चित्रण गरेको छ। एउटा पटकथा जस्तै लाग्ने ८ मिनेटको म्यूजिक भिडियोमा चर्चित कलाकारहरू पल शाह, बर्षा राउत र शिशिर भण्डारीले अभिनय गरेका छन्।
नयाँ नयाँ न्युज नेपाल नामक यूटुब च्यानलमार्फत आएको फरक शैलीको गीतलाई अधिकांशले रुचाएका छन् भने यूटुबमा सिङगो टीमलाई मन पराएका छन्।
संगितकार अष्ट्रेलिया,गायक नेपालमा र आँफू लण्डनमा रहेको हुँदा सबै समायोजन गर्न कठिन भए पनि गीत दर्शक स्रोताले मन पराउने उनको विश्वास छ।
चलचित्रमा रुचाईएका कलाकारहरू र गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक र नेपाल बस्दा उद्योषण क्षेत्रमा आफ्नो परिचय बनाएकी गायिक सहितको यो समूहलाई के कति रूचाउँछन् अबका केहि दिनमा थाहा लाग्ने छ।
भिडियाे
No ads found for this position

डिसी नेपाल
Facebook Comment