प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

डिसी नेपाल
७ कार्तिक २०७७ १५:२५
40
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साझ ४ः२५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नेपाली टेलिभिजनमा प्रशारण हुने सम्बोधन प्रधानमन्त्रीको वेबसाइटमा पनि हेर्न सकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सरकारले कोरोनाको परीक्षण र उपचार नगर्ने निर्णय गरेपछि आलोचित हुन थालेका प्रधानमन्त्री ओली रअ का प्रमुखसँगको भेटघाटले अझै धेरै आलोचित भइरहेका छन्। केही दिन अघिमात्र प्रधानमन्त्री ओलीले भारतीय खुपिया एजेन्सी रअका प्रमुख सामन्तकुरमा गोयलसँग बालुवाटारमा भेटघाट गरेका थिए।

आज हुने सम्बोधनमा सरकारले गरेको स्वास्थ्य सम्बन्धि निर्णय र ओली आफैले रअका प्रमुखसँग गरेको भेटघाटका विषयमा पनि देशबासीलाई जानकारी दिनसक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.