उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
८ कार्तिक २०७७ १६:४३
144
Shares

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।त्यसमध्ये ४२९ जना महिला रहेका छन् भने ६८१ जना पुरूष रहेका छन्।यससँगै बागमती प्रदेशमा १२१७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २२२५ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २८४६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३८४६ जनाको पिसिआर परीक्षण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *