भारतले एकपक्षीयरुपमा खोल्यो जोगबनी नाका
विराटनगर. नेपालीपक्षसँग समन्वय नै नगरी भारतले एकपक्षस्य रुपमा विराटनगरको सिमावर्ती जोगबनी नाका खोलेपछि सिमामा सुरक्षा सतर्कता बढाइएको छ।
नाका खोलिएपछि भारतबाट अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने सम्भावना बढेकोले सुरक्षा सतर्कता बढाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिएकाे नेपाल टिभी अनलाइनले जनाएकाे छ।
उनले भारतबाट प्रवेश गर्ने नेपालीहरुलाई पुरानै प्रक्रिया अनुसार होल्डिङ सेन्टरमा राखेर मात्र होम क्वारेण्टाइनमा बस्ने गरी भित्रिन दिने गरिएको बताए। नेपाल सरकारले कार्तिक ३० गते सम्म अन्तराष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment