बलिउड ड्रग्स केसः ड्रग्स किन्दै गर्दा रंगेहात समातिइन् अभिनेत्री
मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान गर्दै जाँदा खुलासा भएको बलिउड ड्रग्स केसको अनुसन्धानको क्रममा अभिनेत्री नै रंगेहात पक्राउ परेकी छिन् । मुम्बइमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले ड्रग्सको कारोबार गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । एक साथ पक्राउ परेका पाँच जनामध्ये ड्रग्स तस्करसँगै एक टेलिभिजन अभिनेत्री पनि छिन् जो ड्रग्स किन्दै गर्दा रंगेहात समातिएकी हुन् ।
भारतीय मिडियाका अनुसार एनसीबीका अधिकारीहरु मुम्बइको वर्सोवाका दुई ठाउँमा सादा पोसाकमा गएका थिए । टिमले पाँच जनालाई पक्राउ गरेको र अपरेशन अझै जारी रहेको बताइउको छ । यो अपरेशनका क्रममा एक टेलिभिजन अभिनेत्री रंगेहात पक्राउ परेकी छिन् । आज यी अभिनेत्रीलाई अदालतमा पेश गरिँदैछ । अभिनेत्री टेलिभिजनकी हुन् भन्ने मात्र जानकारी दिइएको छ यसबाहेक उनको थप पहिचान खुलाइएको छैन । यो ताजा केस हो र यसको लागि छुट्टै मुद्दा दर्ता गरिने बताइएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment