उज्वेकिस्तानले ३३ वटा सरकारी कम्पनी बिक्री गर्ने
तास्कन्द । मध्य एसियाली मुलुक उज्वेकिस्तानले राज्यका स्वामित्वमा रहेका उद्योगधन्धा र कलकारखाना निजी क्षेत्रलाई बिक्री गर्ने घोषणा गरेको छ ।
उज्वेक राष्ट्रपति शाभकात मिर्जियोयेभले राज्यको स्वामित्वमा सञ्चालित केही व्यवसाय निजी क्षेत्रलाई बिक्री गर्नेसम्बन्धी एक आदेशमा बुधबार हस्ताक्षर गरेका छन्।
राज्यको स्वामित्वमा रहेका व्यवसायमा सुधार ल्याउने उपाय स्वरुप यस्तो निर्णय गर्नु परेको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।
उज्वेक राष्ट्रपतिले निजी क्षेत्रलाई बिक्री गरिने व्यवसायहरुमा ठूला सरकारी ३२ वटा कम्पनी रहेका छन् । साथै राज्यको स्वामित्वमा रहेका अरु १५ वटा सम्पत्ति पनि बिक्री गरिने छ ।
उज्वेकिस्तानमा राज्यको स्वामित्वमा झण्डै ३०० कम्पनी संचालनमा छन् जसमा तेल र ग्यास, खाद्यान्न, सञ्चार र सूचना प्रविधि समेतका छन् । उज्वेक कानुन मन्त्रीका अनुसार यी कम्पनीहरु पूर्ण रुपमा निजीकरण हुनेछन् ।
सन् २०१६ मा मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपति भएयता सरकारले आर्थिक सुधारका शृंखलाबद्ध कार्यक्रम अघि बढाएको छ । सरकारले विदेशी मुद्रा बजारको उदारीकरण, कर कटौती र विदेशी लगानीलाई विशेष ग्राह्यता समेतका नयाँ नीतिहरु अबलम्बन गरेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment