कोरोनाबारे स्वास्थ्य मन्त्रालयले दैनिक जानकारी नदिने

डिसी नेपाल
१२ कार्तिक २०७७ १६:५७
84
Shares

काठमाडौं। कोरोना भाइरसको अवस्थाबारे दैनिक जानकारी दिँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि दैनिक जानकारी नदिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बिहीबारदेखि कोरोना भाइरसबारे दैनिक जानकारी नदिने बताए।

मन्त्रालयले हरेक दिन अपरान्ह सवा ४ बजे प्रेस ब्रिफिंग गर्दै आएको थियो। दशैंका अवसरमा केही दिन बन्द भएको यस्तो ब्रिफिंग बुधबार गरिएको थियो। तर, अब सो ब्रिफिंग दैनिक नगरी सातामा दुई पटकमात्र गरिने प्रवक्ता गौतमले जानकारी दिए।

उनका अनुसार अब आइतबार र बुधबारमात्र मन्त्रालयले प्रेस ब्रिफिंग गर्नेछ। अन्य दिन भने सामाजिक सञ्जाल र भाइबर ग्रुपमा भने अपडेट गराइने छ।

पछिल्लो दिनहरुमा सरकारले कारोना भाइरसबारे लिएको रणनीतिको चर्को आलोचना भइरहेको छ। सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार लक्षित वर्गको मात्र गर्ने निर्णय गरेपछि दैनिक गरिँदै आएको प्रेस ब्रिफिंगकोसमेत आलोचना भएको थियो। सरकारले दैनिक कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्युको संख्यामात्र गन्ने काम गरेको भन्दै आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयले व्रिफिंग पनि कटौती गरेको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *